![]()
महासचिव
मनोहर प्रसाद भट्टराई
![]()
सचिव
ठाकुर प्रसाद बराल
संविधानसभा
नेपाली जनताले २००७ साल पहिले देखि हालसम्म पटक पटक गर्दै आएको ऐतिहासिक संघर्ष र जनआन्दोलनवाट प्राप्त उपलव्धीहरुलाई संस्थागत गरी नयाँ संविधान निर्माण गर्न संविधान सभा गठन भएको हो।
नेपालको अन्तरिम संविधान २०६३ अनुसार संविधान सभामा ६०१ जना सदस्य रहने व्यवस्था छ। २०६४ साल चैत्र २८ गते भएको ऐतिहासिक संविधान सभाको निर्वाचन अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रवाट एक जनाका दरले पहिलो हुने निर्वाचित हुने प्रणाली अनुसार २४० जना तथा समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचित ३३५ जना र सहमतिका आधारमा मन्त्रीपरिषदवाट मनोनित २६ जना सदस्य रहेका छन्।
संविधान सभाको प्रमुख उद्देश्य जनताको चाहाना अनुसार नयाँ संविधानको मस्यौदा तयार गर्नु त्यसमा छलफल गर्नु र अनुमोदन गर्नु हो।
संविधान सभाका प्रमुख कार्यहरु : –
- नयाँ संविधानको मस्यौदा तयार गर्नु र त्यस माथि छलफल गरी अनुमोदन गर्नु।
-
व्यवस्थापिका – संसदको हैसियतमा काम गर्नु ।
संविधान सभाको संविधान निर्माण कार्य र सो सँग सम्वन्द्ध अन्य प्रक्रियागत कार्यमा सहयोग पुर्याउन संविधान सभा अन्तर्गत एउटा संवैधानिक समिति, दशवटा विषयगत समिति र तीनवटा प्रक्रियागत समितिहरु गठन गरिएका छन्।
