Legilative Committee

bidhayansamiti@can.gov.np

नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा () मा संविधानसभाले व्यवस्थापिका-संसदको कार्य समेत गर्ने र नियमित विधायन सम्वन्धी आवश्यक कार्य गर्न व्यवस्थापिका-संसद अन्तर्गत विधायन समिति रहने व्यवस्था छ । सोही अनुरुप संविधानसभा (व्यवस्थापिका-संसदको कार्य संचलान) नियमावली, २०६५ को नियम १०९ बमोजिम पदेन सदस्य सहित बढीमा पचहत्तर (७५) जनाको समिति गठन गर्न सक्ने प्रावधान अनुरुप २०६५//३० गते विधायन समितिको गठन भएको हो ।

व्यवस्थापिका-संसदको बैठकबाट संविधानसभा (व्यवस्थापिका-संसदको कार्य संचालन) नियमावली, २०६५ को नियम ६५ को उपनियम () को खण्ड () बमोजिमको प्रस्ताव पारित भई यस समितिमा प्राप्त भएका विधेयकहरु उपर दफावार छलफल गरी सो सम्वन्धी प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नु विधायन समितिको प्रमुख कार्य हो ।

संविधानसभा (व्यवस्थापिका-संसदको कार्य संचालन) नियमावली, २०६५ को नियम १०९ को उपधारा () मा व्यवस्था भए बमोजिम काननू तथा न्याय मन्त्री विधायन समितिको पदेन सदस्य हुने व्यवस्था छ ।

यो समिति वि.सं. २०६५//२६, २०६५/१०/, २०६७//, २०६८//१४ र २०६८//२२ गते गरी हालसम्म ५ पटक पुर्नगठन भैसकेको छ । हाल यस समितिमा पदेन सदस्य सहित ७३ जना सदस्य रहेका छन् ।

 

 

विधायन समितिका मा. सदस्यहरु (अन्तिम परिमार्जन-२०६८//२४)

विधायन समितिका प्रकाशनहरु



Publications(2)
CA Members belonging to the committee(73)