Special Committees


व्यवस्थापिका–संसदमा सुरक्षा विशेष समिति, संसदीय सुनवाई समिति, विशेषाधिकार समिति लगायतका आवश्यकता अनुसारका अन्य समितिहरु गठन गर्न सक्ने व्यवस्था संविधानसभा (व्यवस्थापिका – संसदको कार्य सञ्चालन) नियमावली, २०६५ नियम १०८ र ११६ ले गरेको छ। सो व्यवस्था वमोजिम व्यवस्थापिका–संसद अन्तर्गत विशेष समितिको रुपमा सुरक्षा विशेष समिति र संसदीय सुनवाई विशेष समितिको गठन गरिएका छन्। नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४५ को उपधारा (५) वमोजिम प्राकृतिक विपत् परेको कारणले नेपाली सेना परिचालन भएकोमा वाहेक सेना परिचालन सम्वन्धी नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुमोदनको प्रयोजनका लागि सुरक्षा विशेष समिति रहने व्यवस्था रहेको छ। त्यस्तै संविधान वमोजिम संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने संवैधानिक पद तथा सर्वोच्च अदालतका न्यायधीश र राजदूतको पदमा नियुक्तिको लागि प्रस्ताव गरिएका नामका सम्वन्धमा संसदीय सुनवाईको लागि व्यवस्थापिका–संसदमा संसदीय सुनवाई विशेष समिति रहने व्यवस्था रहेको छ। समितिको काम, कर्तव्य र अधिकारको वारेमा सम्वन्धित समिति शीर्षकमा उल्लेख गरिएको छ। 



Committees

Security Special Committee


संविधानसभा (व्यवस्थापिका – संसदको कार्य सञ्चालन) नियमावली, २०६५ नियम १०८ र ११६ ले व्यवस्थापिका संसद अन्तर्गत सुरक्षा विशेष समिति गठन गर्ने व्यवस्था... Read More

Parliamentary Hearing Special Committee


संविधानसभा (व्यवस्थापिका – संसदको कार्य सञ्चालन) नियमावली, २०६५ नियम १०८ र ११८ ले व्यवस्थापिका संसद अन्तर्गत संसदीय सुनवाई विशेष समिति गठन गर्ने व्... Read More