Committee on Finance and Labor Relations


१. परिचय 

 

     सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही वनाउन सरकारवाट भएगरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन व्यवस्थापिकासंसदमा संविधानको धारा ५८ तथा संविधानसभा (व्यवस्थापिकासंसदको कार्य सञ्चालन) नियमावली, २०६५ नियम ११० वमोजिम अर्थ र श्रम सम्वन्ध समिति रहने व्यवस्था गरेको छ। यस समितिको गठन गर्दा प्रधानमन्त्री तथा समितिको कार्य क्षेत्रसंग सम्वन्धित मन्त्री पदेन सदस्य रहने व्यवस्था गरिएको छ। व्यवस्थापिकासंसदको २०६७।१।९ मा वसेको वैठकबाट २ जना माननीय सदस्यहरू थप भए पश्चात समितिमा हाल ५८ जना सदस्य र ५ जना पदेन सदस्य सहित ६३ सदस्यीय समितिको गठन भएको छ। समितिको सभापतिमा मा. श्री शुसिला कन्दङ्वा रहनु भएको छ। समितिको कार्यकाल संविधानसभाको अवधिभर रहने व्यवस्था छ। सभामुखले व्यवस्थापिकासंसदको सहमति लिई सदस्यहरूको हेरफेर वा थपघट गर्न सक्ने व्यवस्था छ। 

     

२.समितिको पदेन सदस्य

 

     यस समितिमा निम्न अनुसार पदेन सदस्यहरू रहने व्यवस्था छ  

  • सम्माननीय प्रधानमन्त्री
  • माननीय अर्थ मन्त्री
  • माननीय उद्योग मन्त्री
  • माननीय वाणिज्य तथा आपूर्ति मन्त्री
  • माननीय श्रम तथा यातायात मन्त्री

     

३.समितिको कार्य क्षेत्र 

 

     संविधान सभा (व्यवस्थापिकासंसदको कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ११० वमोजिम समितिको कार्यक्षेत्र निम्नानुसार रहेका छन्  

  • अर्थ मन्त्रालय
  • उद्योग मन्त्रालय
  • वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • श्रम तथा यातायात व्यवस्था मन्त्रालय,  
  • राष्ट्रिय योजना आयोग।

     

४.समितिको मुख्य काम, कर्तव्य र अधिकार

 

     संविधान सभा (व्यवस्थापिका संसदको कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ११५ (१) वमोजिम समितिको काम, कर्तव्य र अधिकार देहाय वमोजिम निर्धारण गरिएका छन्   

  • मन्त्रालय, विभाग र अन्तर्गतका निकायहरुको नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अरु यस्तै वि्र्कयाकलापको मूल्यांकन गरी सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने र समुचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने, 
  • मन्त्रालय, विभाग र अन्तर्गतका निकायहरुको राजस्व र व्यय सम्वन्धी अनुमानको जाँच गरी वार्षिक अनुमान तयार गर्ने तरिका, वार्षिक अनुमानमा निहित नीतिको सट्टा अपनाउन सकिने वैकल्पिक नीति र वार्षिक अनुमानमा रहेको रकममा के कति किफायत गर्न सकिन्छ भन्ने सम्वन्धमा सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने र आफ्नो राय सहितको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने,
  • मन्त्रीपरिषदका सदस्यहरुले सरकारको तर्फवाट सभामा समयसमयमा दिएका आश्वासनहरुलाई पूरा गर्न नेपाल सरकारद्वारा केकस्ता कदमहरु उठाइएका छन् सो सम्वन्धमा अध्ययन गरी सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने र सभामा प्रतिवेदन पेश गर्ने,
  • विषयसंग सम्वन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए, नभएको अध्ययन, अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन दिने र सभामा प्रतिवेदन पेश गर्ने,
  • सरकारद्वारा प्रचलित ऐन, नियम अनुरुप भए गरेका काम कारवाही वारे छलफल गरी सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने,
  • सरकारद्वारा समयसमयमा गठन हुने छानविन आयोगसमिति र जाँचवुझ आयोग समितिहरूद्वारा प्रस्तुत प्रतिवेदन कार्यान्वयनको अनुगमन गरी सम्वन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने,
  • सभाले सुम्पेका अन्य कार्यहरू गर्ने,
  • समितिको सिफारिसमा सभामुखवाट अनुमोदित वजेट र कार्यक्रमको अधीनमा रही आफ्नो कार्यक्रम सञ्चालन गर्ने,  
  • माथि उल्लिखित ख48डहरू वमोजिम कार्य सम्पादन गर्दा सम्वन्धित मन्त्रालय तथा विभागका प्रतिनिधिहरू र आवश्यक परे तत्तत् विषयका विशेषज्ञहरूसित समेत विचारको आदानप्रदान गर्ने। 

 

५.उपसमिति 

 

        समितिको मिति २०६७।०३।२० गते वसेको वैठकले अर्थ र श्रम सम्वन्ध समितिको भूमिका प्रभावकारी र व्यवस्थित गरी कार्यक्षेत्र भित्रको विषयवस्तुको अध्ययन गरी प्रतिवेदन दिन ६ (छ)  महिनाको लागि देहाय वमोजिमका संयोजक एवं सदस्यहरू रहेका २ वटा उपसमितिहरू गठन भएको छ।  

 

 

सि.नं. अर्थ र राष्ट्रिय योजना आयोग उपसमिति राजनैतिक दल पद

 

१ 

मा.श्री हरि रोक्का म.प.वाट मनोनित संयोजक

 

 २

मा.श्री अर्जुन राई रा.ज.पा. सदस्य सदस्य

 

 ३

श्री मा.अरविन्द शाह  त.म.लो.पा सदस्य

 

 ४

मा.श्री कल्पना राणा नेकपा, संयुक्त सदस्य

 

 ५

मा.श्री जग्य वहादुर शाही म.प.वाट मनोनित सदस्य

 

 ६

मा.श्री तिलक वहादुर रावल म.ज.अ.फो., लोकतान्त्रिक सदस्य

 

 ७

मा.श्री दुर्गा परियार नेकपा, एमाले सदस्य

 

 ८

मा.श्री निर्मला प्रसाईं नेपाली कांग्रेस सदस्य

 

 ९

मा.श्री पद्म ज्योति म.प.वाट मनोनित सदस्य

 

 १०

मा.श्री रामशरण महत नेपाली कांग्रेस सदस्य

 

 ११

मा.श्री विजय कुमार पौडेल नेकपा, एमाले सदस्य

 

 १२

मा.श्री श्रवण कुमार अग्रवाल म.ज.अ.फो. नेपाल CA Members belonging to the committee(57)