संविधानसभा समितिहरू
संविधानसभाको संविधान निर्माण कार्य र सोसंग सम्वन्धित अन्य प्रक्रियागत कार्यहरुमा सहयोग पुर्याउनका लागि संविधानसभा अन्तर्गत विभिन्न समितिहरु गठन गर्न सक्ने संविधानसभा नियमावली, २०६५ को नियम ६४ ले व्यवस्था गरेको छ। उक्त व्यवस्था अनुसार संविधानसभाले एउटा संवैधानिक समिति, दशवटा विषयगत समितिहरु तथा ३ वटा प्रक्रियागत समितिहरु गठन गरेको छ । विषयगत समितिहरुले आआफ्नो कार्यक्षेत्र अन्तर्गत परेका विषयहरुमा अवधारणापत्र र प्रारम्भिक मस्यौदा सहितको प्रतिवेदन सभामा प्रस्तुत गरे जस्तै संवैधानिक समितिले पनि संविधानको प्रस्तावना र कुनै पनि विषयगत समितिहरुको क्षेत्राधिकार भित्र नपरेका तर संविधानमा समावेश गर्नु पर्ने विषयको पहिचान गरी त्यसको अवधारणापत्र सहितको प्रारम्भिक मस्यौदा तयार पारी सभामा पेश गर्ने कार्य गर्दछ। संवैधानिक समिति लगायत सभाका अन्य १० सै वटा समितिहरूले आआफ्नो प्रतिवेदन सभामा प्रस्तुत गरिसकेकाछन् । प्रक्रियागत समितिहरुले संविधान निर्माण प्रक्रियालाई आम नागरिकहरुसम्म पुर्याउने, जनमत संकलन गर्ने तथा संविधान निर्माण कार्यमा संलग्न सभासद् तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने लगायतका प्रक्रियागत कार्यहरु गर्दछन् । प्रक्रियागत समितिहरुको कार्य निरन्तर चलिरहने प्रकृतिको भएकोले ती समितिहरू निरन्तर कार्यरत छन् ।
समितिहरु
संवैधानिक समिति
संविधान निर्माण तथा सोसँग सम्वद्ध कार्यलाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि संविधानसभा अन्तर्गत संवैधानिक समिति, विभिन्न विषयगत समितिहरू तथा... अरू पढनुहोस
विषयगत समितिहरू
संविधानमा रहने विभिन्न विषयहरु मध्ये आफूलाई तोकिएको विषयमा अवधारणापत्र सहितको प्रारम्भिक मस्यौदा तयार गर्नको लागि संविधानसभामा विभिन्न विषयगत समि... अरू पढनुहोस
प्रक्रियागत समितिहरू
संविधानसभाको संविधान निर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने महत्वपूर्ण प्रशासनिक तथा प्रक्रियागत कार्यमा सहयोग पुर्याउन... अरू पढनुहोस
