विषयगत समितिहरू


संविधानमा रहने विभिन्न विषयहरु मध्ये आफूलाई तोकिएको विषयमा अवधारणापत्र सहितको प्रारम्भिक मस्यौदा तयार गर्नको लागि संविधानसभामा विभिन्न विषयगत समितिहरु गठन गर्न सकिने संविधानसभा नियमावली, २०६५ को नियम ६६ ले व्यवस्था गरेका छन्। उक्त व्यवस्था अनुसार २०६५/८/३० गते मौलिक अधिकार तथा निर्देहक सिद्धान्त समिति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समिति, राज्यको पुनरसंरचना र राज्यशक्तिको बांडफांड समिति, व्यवस्थापिकीय अङ्गको स्वरुप निर्धारण समिति, राज्यको शासकीइ स्वरुप निर्धारण समिति, न्याय प्रणाली सम्वन्धी समिति, संवैधानिक निकायको संरचना निर्धारण समिति, प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजश्व वांडफांड समिति, सांस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समिति र राष्ट्रिय हितको संरक्षण समिति गठन गरिएको थियो। संविधानसभा नियमावली, २०६५ को नियम ६६ ले उल्लिखित समितिहरुको कार्यादेश समेत उल्लेख गरेका छन् भने नियम ६८ ले उल्लिखित समितिको कार्यक्षेत्र भित्र नपरेका विषयहरु अध्यक्षले उपयुक्त सम्झेको समितिको कार्य क्षेत्र भित्र रहने गरी तोक्नसक्ने व्यवस्था गरेको छ। समितिको गठन गर्दा ४३ सदस्यमा नवढ्ने गरी गठन गर्ने र सम्वनिधत समितिको सदस्यहरुले आफू मध्येवाट समितिको सभापति चयन गर्ने व्यवस्था रहेको छ। विषयगत समितिहरुले आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा गर्ने कामको सूची तथा कार्यतालिका तयार गर्ने, अध्ययन सामग्री संकलन, अध्ययन तथा छलफल गर्ने, विशेषज्ञहरुको राय सल्लाह तथा परामर्श लिई प्रतिवेदन तयार गर्नसक्ने व्यवस्था छ। समितिले आफ्नो कामकारवाहीलाई सहज र व्यवस्थित वनाउनको लागि आवश्यक उपसमितिको गठन गर्ने तथा विशेषज्ञहरुको समेत सहयोग लिनसक्ने व्यवस्था रहेको छ।  
 



समितिहरु

मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति


संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (१) ले संविधानसभा अन्तर्गत मौलिक अधिकार... अरू पढनुहोस

अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समिति


संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (२) ले संविधानसभा अर्न्तर्गत अल्पसंख्यक... अरू पढनुहोस

राज्यको पुनर्संरचना र राज्यशक्तिको बांडफांड समिति


संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (३) ले संविधानसभा अन्तर्गत राज्यको पुनर... अरू पढनुहोस

व्यवस्थापीकीय अङ्गको स्वरुप निर्धारण समिति


संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (४) ले व्यवस्थापिकीय अङ्कको स्वरुप निर्... अरू पढनुहोस

राज्यको शासकीय स्वरुप निर्धारण समिति


संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (५) ले संविधानसभा अन्तर्गत राज्यको शासक... अरू पढनुहोस

न्याय प्रणाली सम्बन्धी समिति


संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (६) ले संविधानसभा अन्तर्गत न्याय प्रणाल... अरू पढनुहोस

संवैधानिक निकायको संरचना निर्धारण समिति


संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (७) ले संविधानसभा अन्तर्गत संवैधानिक नि... अरू पढनुहोस

प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजश्व बांडफांड समिति


संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (८) ले संविधानसभा अर्न्तर्गत प्राकृतिक ... अरू पढनुहोस

सांस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समिति


संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (९) ले संविधानसभा अन्तर्गत सांस्कृतिक र... अरू पढनुहोस

राष्ट्रिय हितको संरक्षण समिति


  १. परिचय       नेपालको अन्तरिम संविधान, २०६३ को धारा ७९ अनुसार संविधान सभामा कानूनद्वारा व्यवस्था भए वमोजिम आवश्यक संख्यामा समिति... अरू पढनुहोस