व्यवस्थापिका संसद समितिहरू


व्यवस्थापिका संसदको नियमित कार्यमा सहयोग पुर्‍याउनका लागि व्यवस्थापिका संसद अन्तर्गत विधायन समिति, विभिन्न विषयगत समितिहरु र विशेष समितिहरु गठन गर्नसक्ने व्यवस्था संविधानसभा (व्यवस्थापिका–संसदको कार्य सञ्चालन) नियमावली, २०६५ को नियम १०८ ले गरेको छ। उक्त व्यवस्था वमोजिम व्यवस्थापिका संसद अन्तर्गत एउटा विधायन समिति, सातवटा विषयगत समिति र २ वटा विशेष समिति गठन गरिएका छन्। उल्लिखित विषयगत समितिहरु अन्तर्गत अर्थ र श्रम सम्वन्ध समिति, अन्तर्राष्ट्रिय सम्वन्ध र मानव अधिकार समिति, प्राकृतिक स्रोत र साधन समिति, विकास समिति, महिला, वालवालिका र समाजकल्याण समिति, राज्य व्यवस्था समिति र सार्वजनिक लेखा समिति रहेका छन्। त्यस्तै विशेष समिति अन्तर्गत सुरक्षा विशेष समिति र संसदीय सुनवाई विशेष समिति रहेका छन्। नियममावलीको उल्लिखित व्यवस्था अन्तर्गत समितिहरुको कार्यादेश समेत व्यवस्था गरिएको छ, जसको वारेमा सम्वन्धित समिति अन्तर्गत नै उल्लेख गरिएको छ। यसरी समितिहरुको गठन गर्दा विषय सम्वद्ध मन्त्रीहरु पदेन सदस्य रहने र सो समेत गरी ६३ जनामा नवढाई समिति गठन गर्ने व्यवस्था वमोजिम सम्वन्धित समितिहरु गठन गरिएको छ। 



समितिहरु

विधायन समिति


संविधानसभा (व्यवस्थापिका – संसदको कार्य सञ्चालन) नियमावली, २०६५ नियम १०८ र १०९ ले व्यवस्थापिका संसदको नियमित कार्यमा सहयोग पुर्‍याउन विधायन स... अरू पढनुहोस

विषयगत समितिहरू


सरकारलाई व्यवस्थापिका संसदप्रति उत्तरदायी र जवाफदेही वनाउनका लागि सरकारवाट भए गरेका काम कारवाहीको अनुमगन र मुल्यांकन गरी आवश्यक निर्देशन वा राय स... अरू पढनुहोस

विशेष समितिहरु


व्यवस्थापिका–संसदमा सुरक्षा विशेष समिति, संसदीय सुनवाई समिति, विशेषाधिकार समिति लगायतका आवश्यकता अनुसारका अन्य समितिहरु गठन गर्न सक्ने व्यवस्था स... अरू पढनुहोस