प्रक्रियागत समितिहरू
संविधानसभाको संविधान निर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने महत्वपूर्ण प्रशासनिक तथा प्रक्रियागत कार्यमा सहयोग पुर्याउनका लागि विभिन्न प्रक्रियागत समिति गठन गर्न सकिने संविधानसभा नियमावली, २०६५ को नियम ६७ ले व्यवस्था गरेको छ। नियमावलीको उक्त व्यवस्था अनुसार संविधानसभा अन्तर्गत नागरिक सम्वन्ध समिति, जनमत संकलन तथा समन्वय समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति गठन गरिएको छ। संविधानसभा नियमावली, २०६५ को नियम ६७ ले उल्लिखित समितिहरुको कार्यादेश समेत उल्लेख गरेका छन् भने नियम ६८ ले उल्लिखित समितिको कार्यक्षेत्र भित्र नपरेका विषयहरु अध्यक्षले उपयुक्त सम्झेको समितिको कार्य क्षेत्र भित्र रहने गरी तोक्नसक्ने व्यवस्था गरेको छ। समितिको गठन गर्दा ४३ सदस्यमा नवढ्ने गरी गठन गर्ने र सम्वनिधत समितिको सदस्यहरुले आफू मध्येवाट समितिको सभापति चयन गर्ने व्यवस्था रहेको छ। प्रक्रियागत समितिहरुले आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा गर्ने कामको सूची तथा सो कार्य सम्पन्न गर्ने कार्यतालिका तयार गर्ने, अध्ययन सामग्री संकलन, अध्ययन तथा छलफल गर्ने तथा त्यसका लागि आवश्यक उपसमिति गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने, आफ्नो काम तोकिएको समय भित्र पुरा गरी त्यसको प्रतिवेदन सभामा पेश गर्ने तथा सभाले सुम्पेको अन्य कार्य गर्नसक्ने व्यवस्था छ। समितिहरुले आफ्नो कर्तव्यहरु संविधान निर्माणका क्रममा विभिन्न चरणहरुमा पुरा गर्नुपर्ने भएकोले समितिका कार्यक्षेत्र भित्र परेका कतिपय कार्यहरु सम्पन्न भैसकेका छन् भने कतिपय पुरा हुने क्रममा रहेका छन्। समितिले आफ्नो कामकारवाहीलाई सहज र व्यवस्थित वनाउनको लागि आवश्यक विशेषज्ञहरुको समेत सहयोग लिनसक्ने व्यवस्था रहेको छ।
समितिहरु
नागरिक सम्वन्ध समिति
संविधान निर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने महत्वपूर्ण प्रशासनिक र प्रक्रियागत कार्यमा सहयोग पुर्याउनका लागि संविधान... अरू पढनुहोस
जनमत संकलन तथा समन्वय समिति
संविधान निर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने महत्वपूर्ण प्रशासनिक र प्रक्रियागत कार्यमा सहयोग पुर्याउनका लागि संविधान... अरू पढनुहोस
क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति
परिचयः संविधान निर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने महत्वपूर्ण प्रशासनिक र प्रक्रियागत कार्यमा सहयोग पुर्याउनका ल... अरू पढनुहोस
