राज्यको पुनर्संरचना र राज्यशक्तिको बांडफांड समिति


संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (३) ले संविधानसभा अन्तर्गत राज्यको पुनर्संरचना र राज्यशक्तिको बांडफांड समिति गठन गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था वमोजिम मिति २०६५/८/३० गते ४३ सदस्यीय राज्यको पुनर्संरचना र राज्यशक्तिको बांडफांड समितिको गठन गरिएको थियो भने उक्त समिति २०६५/९/२६ र २०६५/१०/०६ गते पुनर्गठन भएको थियो । समितिको सभापति मा. लोकेन्द्र विष्ट मगर हुनुहुन्छ । समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा गर्ने कामको सूची तथा कार्यतालिका तयार गर्ने, अध्ययन सामग्री संकलन, अध्ययन तथा छलफल गर्ने, विशेषज्ञहरूको राय सल्लाह तथा परामर्श लिई प्रतिवेदन तयार गर्नसक्ने व्यवस्था छ । यस प्रकार संविधानसभा नियमावलीले तोकेको सीमाभित्र रही समितिले मिति २०६६/१०/०७ गते विस्तृत अवधारणा सहितको मस्यौदा प्रतिवेदन संविधानसभा पेश गरीसकेको छ।  संविधानसभा नियमावली, २०६५ को नियम ६६ (३) ले राज्यको पुनर्संरचना र राज्यशक्तिको बांडफांड समितिलाई देहाय वमोजिमका विषयमा छलफल गरी अवधारणापत्र सहितको मस्यौदा प्रतिवेदन तयार पारी सभामा पेश गर्ने जिम्मेवारी तोकेको थियो ।

  • राज्यको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक स्वरुपमा हुने संरचना
  • संघीय इकाइहरूको क्षेत्र निर्धारण गर्ने सिद्धान्त तथा आधारहरू
  • प्रत्येक संघीय इकाईहरूको क्षेत्र निर्धारण र तिनको नामाकरण
  • विभिन्न तहका संघीय इकाईका सरकार वीच विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारको बांडफांड
  • विभिन्न तहका संघीय इकाईको अधिकार क्षेत्र सम्बन्धी विषयसूची र साझा विषयसूचीको निर्धारण
  •  संघीय इकाई वीच व्यवस्थापिकीय, कार्यकारिणी र न्यायिक अधिकारको अन्तरसम्बन्ध निर्धारण
  • संघीय इकाईहरू वीच उत्पन्न हुनसक्ने विवादको समाधान सम्बन्धी संयन्त्र
  •  समितिको कार्यक्षेत्रसँग सम्वन्धित अन्य आवश्यक कुराहरू ।


मस्यौदा तथा अवधारणापत्रहरु(3)
समितीमा रहनु भएक संविधानसभाका सदस्यहरु(42)