व्यवस्थापीकीय अङ्गको स्वरुप निर्धारण समिति
संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (४) ले व्यवस्थापिकीय अङ्कको स्वरुप निर्धारण समिति गठन गर्ने व्यवस्था गरेकोले सोही व्यवस्था बमोजिम मिति २०६५।८।३० मा बसेको संविधानसभाले त्रिचालीस सदस्यीय व्यवस्थापिकीय अङ्गको स्वरुप निर्धारण समिति गठन गरेको थियो। तत्पश्चात् मिति २०६५।९।२९ मा बसेको समितिको बैठकले समितिका सदस्य मा.श्री रमेश रिजाललाई समितिको सभापति पदमा निर्वाचित गरेको थियो।
समितिले आफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा कामको सूची तथा कार्यतालिका तयार गर्ने, अध्ययन सामग्री संकलन गर्ने, अध्ययन तथा छलफल गर्ने, विशेषज्ञहरुको राय सल्लाह तथा परामर्श लिई प्रतिवेदन तयार गर्न सक्ने व्यवस्था नियमावलीमा रहेको छ।
यस समितिलाई संविधान सभा नियमावली २०६५ को नियम ६६ (४) ले देहायको कार्यक्षेत्रका बिषयमा छलफल गरी अवधारणापत्र सहितको प्रारम्भिक मस्यौदा प्रतिवेदन तयार गरी मिति २०६६।४।१६ मा संविधानसभाका अध्यक्ष समक्ष हस्तान्तरण गरिएको र उक्त प्रतिवेदन मिति २०६६।४।१९ मा बसेको संविधानसभामा पेश गरी संविधानसभामा छलफल समाप्त भैसकेको छ :
– विभिन्न संघीय इकाइमा विधायिकाको स्वरुप र गठन विधि
– विभिन्न तहका संघीय इकाईका विधायिकाहरु बीचको अन्तरसम्वन्ध
– व्यवस्थापन कार्यविधि
– अर्थिक व्यवस्थापन विधि
– समितिको कार्यक्षेत्रसंग सम्बन्धित अन्य आवश्यक कुराहरु ।
मस्यौदा तथा अवधारणापत्रहरु(3)
समितीमा रहनु भएक संविधानसभाका सदस्यहरु(44)
