संवैधानिक निकायको संरचना निर्धारण समिति


संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (७) ले संविधानसभा अन्तर्गत संवैधानिक निकायको संरचना निर्धारण समिति गठन गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था वमोजिम मिति २०६५/८/३० गते त्रिचालीस सदस्यीय संवैधानिक निकायको संरचना निर्धारण समितिको गठन गरिएको थियो भने उक्त समिति २०६५/९/२६ र २०६६/१/१६ गते पुनर्गठन भएको थियो । समितिको सभापति मा. श्री गोविन्द चौधरी हुनुहुन्छ । समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा गर्ने कामको सूची तथा कार्यतालिका तयार गर्ने, अध्ययन सामग्री संकलन, अध्ययन तथा छलफल गर्ने, विशेषज्ञहरूको राय सल्लाह तथा परामर्श लिई प्रतिवेदन तयार गर्नसक्ने व्यवस्था रहेको थियो । यस प्रकार संविधानसभा नियमावलीले तोकेको सीमाभित्र रही समितिले मिति २०६६/३/११ गते विस्तृत अवधारणा सहितको मस्यौदा प्रतिवेदन संविधानसभा पेश गरेको थियो भने उक्त प्रतिवेदन उपर संविधानसभामा छलफल समेत सम्पन्न भइसकेको छ । सम्माननीय अध्यक्षले अवधारणापत्र र प्रारम्भिक मस्यौदा सम्वन्धी प्रतिवेदन अध्यक्ष समिति सुझाव र निर्देशन सहितको संवैधानिक नियकायको संरचना निर्धारणा समितिको अवधारणापत्र र प्रारम्भिक मस्यौदा  सम्वन्धी प्रतिवेदन, २०६६ लाई मिति २०६६।११।२० मा संवैधानिक समितिका मस्यौदाको लागि पठाइसकिएको छ । संविधानसभा नियमावली, २०६५ को नियम ६६ (७) ले संवैधानिक निकायको संरचना निर्धारण समितिलाई देहाय वमोजिमका विषयमा छलफल गरी अवधारणापत्र सहितको मस्यौदा प्रतिवेदन तयार पारी सभामा पेश गर्ने जिम्मेवारी तोकेको थियो ।

  •  शासन सञ्चालनमा आवश्यक पर्ने सवैधानिक अंगको पहिचान र तिनको स्वरुप निर्धारण
  • संवैधानिक अंगहरूको गठन, काम, कर्तव्य तथा अधिकार
  • संवैधानिक अंगहरूको विभिन्न तहका सरकारहरूसँगको सम्बन्ध
  •  समितिको कार्यक्षेत्रसँग सम्बन्धीत अन्य आवश्यक कुराहरू ।


मस्यौदा तथा अवधारणापत्रहरु(2)
समितीमा रहनु भएक संविधानसभाका सदस्यहरु(41)