सांस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समिति
संविधान निर्माण कार्यलाई विषयगत रुपमा व्यवस्थित र नियमित गर्नको लागि संविधानसभा नियमावली, २०६५ को नियम ६६ (९) ले संविधानसभा अन्तर्गत सांस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समिति गठन गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था वमोजिम मिति २०६५/८/३० गते वयालिस सदस्यीय सांस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समितिको गठन गरिएको थियो भने उक्त समिति २०६५/९/२६ र २०६५/१०/०६ गते पुनर्गठन भएको थियो । समितिको सभापति मा. नवोदिता चौधरी हुनुहुन्छ । समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा गर्ने कामको सूची तथा कार्यतालिका तयार गर्ने, अध्ययन सामग्री संकलन, अध्ययन तथा छलफल गर्ने, विशेषज्ञहरूको राय सल्लाह तथा परामर्श लिई प्रतिवेदन तयार गर्नसक्ने व्यवस्था छ । यस प्रकार संविधानसभा नियमावलीले तोकेको सीमाभित्र रही समितिले मिति २०६६/३/३ गते विस्तृत अवधारणा सहितको मस्यौदा प्रतिवेदन संविधानसभा पेश गरेको थियो भने उक्त प्रतिवेदन उपर संविधानसभावाट छलफल समेत सम्पन्न भइसकेको छ । संविधानसभा नियमावली, २०६५ को नियम ६६ (९) ले सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिलाई देहाय वमोजिमका विषयमा छलफल गरी अवधारणापत्र सहितको मस्यौदा प्रतिवेदन तयार पारी सभामा पेश गर्ने जिम्मेवारी तोकेको थियो ।
- विभिन्न तहका संघीय इकाईहरूमा सरकारी कामकाजको भाषा
- अन्य राष्ट्र भाषा र सँस्कृतिको संरक्षण
- भाषा सम्बन्धी अन्य विषय
- सामाजिक ऐक्यबद्धताको आधार निर्धारण
- समितिको कार्यक्षेत्रसँग सम्बन्धित अन्य आवश्यक कुराहरू ।
मस्यौदा तथा अवधारणापत्रहरु(2)
समितीमा रहनु भएक संविधानसभाका सदस्यहरु(43)
