राष्ट्रिय हितको संरक्षण समिति
१. परिचय
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ७९ अनुसार संविधान सभामा कानूनद्वारा व्यवस्था भए वमोजिम आवश्यक संख्यामा समिति र उपसमितिहरू रहने व्यवस्था छ। संविधान सभा नियमावली, २०६५ को परिच्छेद ११ को नियम ६४ बमोजिम संविधान सभाको संविधान निर्माण कार्य र सोसंग सम्बद्ध अन्य प्रक्रियागत कार्यमा सहयोग पुर्याउन संवैधानिक समिति, विषयगत समितिहरू र प्रक्रियागत समितिहरू गठन गर्न सक्ने व्यवस्था अनुरुप नियमावलीको नियम ६६ मा राष्ट्रिय हितको संरक्षण समितिको व्यवस्था गरिएको छ। राष्ट्रिय हितको संरक्षण समितिका सभापति मा. श्री अमिक शेरचन हुनुहुन्छ र सभापति सहित ४३ सदस्यीय समिति गठन भएको छ।
२.समितिको कार्य क्षेत्र
संविधान सभा (व्यवस्थापिका–संसदको कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ६६ को वमोजिम समितिको कार्यक्षेत्र निम्नानुसार रहेका छन्
-
नेपालको राष्ट्रिय हितको पहिचान र परिभाषा,
-
सार्वभौम सत्ता, अख48डता र राष्ट्रिय एकताको संवैधानिक संरक्षणका उपायहरू,
-
नेपालको अन्तर्राष्ट्रिय सिमाना व्यवस्थापन,
-
राष्ट्रिय प्राकृतिक सम्पदाको संरक्षण,
-
अन्तर्राष्ट्रिय सम्वन्ध,
-
अन्तर्राष्ट्रिय सन्धि सम्झौता,
-
राष्ट्रिय सुरक्षा,
-
नेपाली सेनाको कर्तव्य र यसको सञ्चालन, र
-
समितिको कार्यक्षेत्रसंग सम्वन्धित अन्य आवश्यक कुराहरू।
३.समितिको मुख्य काम, कर्तव्य र अधिकार
संविधान सभा (व्यवस्थापिका संसदको कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ७३ (१) वमोजिम समितिको काम, कर्तव्य र अधिकार देहाय वमोजिम निर्धारण गरिएका छन्
-
आफ्नो कार्य क्षेत्र भित्र पर्ने विषयमा गर्नुपर्ने कामको विवरण (कार्यसूची) तयार पार्ने र सो कार्य सम्पन्न गर्न कार्य तालिका निर्माण गर्ने।
-
आफ्नो कार्यसूची भित्र पर्ने विषयमा भएका सन्दर्भ सामग्रीहरू सङ्कलन गरी छलफल तथा अध्ययन गर्ने।
-
आफ्नो कार्यसूची भित्र पर्ने विषयमा विशेषज्ञको राय लिने, सार्वजनिक वहस गराउने, स्वदेश र विदेशमा वस्ने नेपाली नागरिकहरूवाट सुझाव सङ्कलन गर्ने, गोष्ठी, सेमिनार गर्ने र आवश्यकता अनुसार अध्यक्षको स्वीकृति लिई स्थलगत भ्रमण गर्ने।
-
आफ्नो कार्य क्षेत्र भित्र पर्ने विषयमा सुझाव सङ्कलन गरी सङ्कलित राय सुझावको आधारमा अवधारणा पत्र सहितको प्रारम्भिक मस्यौदा तयार पार्ने र सो सम्वन्धी प्रतिवेदन संविधान सभामा पेश गर्ने।
-
आफ्नो कार्य क्षेत्र भित्र पर्ने विषय वस्तुमा अध्ययन, अनुसन्धान तथा अन्य कार्य गर्न आवश्यकता अनुसार उपसमितिहरू गठन गरी तिनीहरूको काम, कर्तव्य र अधिकार समेत तोक्ने।
४.समितिको कर्मचारी
समितिमा समिति सचिव, उप–सचिव, शाखा अधिकृत, कम्प्युटर अपरेटर, खरिदार र कार्यालय सहयोगी २ जना गरी जम्मा ७ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।
मस्यौदा तथा अवधारणापत्रहरु(2)
समितीमा रहनु भएक संविधानसभाका सदस्यहरु(44)
