जनमत संकलन तथा समन्वय समिति
संविधान निर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने महत्वपूर्ण प्रशासनिक र प्रक्रियागत कार्यमा सहयोग पुर्याउनका लागि संविधानसभा नियमावली, २०६५ को नियम ६७ (२) ले संविधानसभा अन्तर्गत जनमत संकलन तथा समन्वय समिति गठन गर्ने व्यवस्था गरेको छ। सोही व्यवस्था वमोजिम मिति २०६५/८/३० गते त्रिचालिस सदस्यीय जनमत संकलन तथा समन्वय समितिको गठन गरिएको थियो भने उक्त समिति २०६५/९/२६ र २०६५/१०/०६ गते पुनर्गठन भएको थियो। समितिको सभापतिमा श्री प्रमोद प्रसाद गुप्ता हुनुहुन्छ। संविधान निर्माण प्रक्रियाका सम्वन्धमा आम नागरिकहरु लगायत सरोकारवालाहरुवाट जनमत संकलन तथा त्यसको लागि समन्वय गर्नु समितिको मुख्य उद्देश्य हो। समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा गर्ने कामको सूची तथा सो कार्य सम्पन्न गर्ने कार्यतालिका तयार गर्ने, अध्ययन सामग्री संकलन, अध्ययन तथा छलफल गर्ने तथा त्यसका लागि आवश्यक उपसमिति गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने, आफ्नो काम तोकिएको समय भित्र पुरा गरी त्यसको प्रतिवेदन सभामा पेश गर्ने तथा सभाले सुम्पेको अन्य कार्य गर्नसक्ने व्यवस्था छ। समितिले आफ्नो कर्तव्यहरु संविधान निर्माणका क्रममा विभिन्न चरणहरुमा पुरा गर्नुपर्ने भएकोले समितिका कार्यक्षेत्र भित्र परेका कतिपय कार्यहरु सम्पन्न भैसकेका छन् भने कतिपय पुरा गर्न वांकी रहेका छन्। मूलतः संविधानसभा नियमावली, २०६५ को नियम ६७ (१) ले जनमत संकलन तथा समन्वय समितिलाई देहाय वमोजिमका जिम्मेवारी तोकेको छ :
- संविधानको मस्यौदाको माथि जनमत एवं सुझाव संकलन गर्न विभिन्न सञ्चारका माध्यमबाट मस्यौदाको प्रचार प्रसार गर्ने,
- संविधान को मस्यौदा माथि सार्वजनिक सुनवाई गर्ने गराउने,
- गोष्ठी, अन्तर्क्रिया र कार्यशालाको आयोजना गर्ने
- विभिन्न माध्यम मार्फत स्वदेश वा विदेशबाट व्यक्तिगत तथा संस्थागत रुपमा प्राप्त सुझावहरुको अभिलेख राखने र व्यवस्थापन गर्ने,
- सुझावहरुको प्रतिवेदन तयार गरी सभामा पेश गर्ने।
समितीमा रहनु भएक संविधानसभाका सदस्यहरु(41)
