क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति


परिचयः

संविधान निर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने महत्वपूर्ण प्रशासनिक र प्रक्रियागत कार्यमा सहयोग पुर्‍याउनका लागि संविधानसभा नियमावली, २०६५ को नियम ६७ (३) ले संविधानसभा अन्तर्गत क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति गठन गर्ने व्यवस्था गरेको छ। सोही व्यवस्था वमोजिम मिति २०६५/८/३० गते अठ्तिस सदस्यीय क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको गठन गरिएको थियो भने उक्त समिति २०६५/९/२६ र २०६५/१०/०६ गते पुनर्गठन भएको थियो। मिति २०६५।९।२९ देखि मिति २०६६।३।९ सम्म समितिको सभापति मा. मृगेन्द्र कुमार सिंह यादव रहुन भएकोमा वहाँ मिति २०६६।३।१० मा कृषि तथा सहकारी मन्त्रिमा नियुक्त हुनु भए पश्चात हाल सम्म उक्त पद रिक्त रहेको छ ।  संविधान निर्माण प्रक्रियाका सम्वन्धमा संविधान निर्माता, सो कार्यमा संलग्न कर्मचारीहरु लगायत सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्दै उपलव्ध स्रोत तथा साधनहरुको परिचालन एवं व्यवस्थापन गर्नु समितिको मुख्य उद्देश्य हो। समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा गर्ने कामको सूची तथा सो कार्य सम्पन्न गर्ने कार्यतालिका तयार गर्ने, अध्ययन सामग्री संकलन, अध्ययन तथा छलफल गर्ने तथा त्यसका लागि आवश्यक उपसमिति गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने, आफ्नो काम तोकिएको समय भित्र पुरा गरी त्यसको प्रतिवेदन सभामा पेश गर्ने तथा  सभाले सुम्पेको अन्य कार्य गर्नसक्ने व्यवस्था छ। समितिले आफ्नो कर्तव्यहरु संविधान निर्माणका क्रममा विभिन्न चरणहरुमा पुरा गर्नुपर्ने भएकोले समितिका कार्यक्षेत्र भित्र परेका कतिपय कार्यहरु सम्पन्न भैसकेका छन् भने कतिपय पुरा गर्न वांकी रहेका छन्। मूलतः संविधानसभा नियमावली, २०६५ को नियम ६७ (३) ले क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिलाई देहाय वमोजिमका जिम्मेवारी तोकेको छ :

कार्यक्षेत्रः

  • संविधान सभाका सदस्यहरु वीच संविधान तथा संविधान निर्माण प्रकृया अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गर्ने,  
  •  संवैधानिक विषयवस्तुमा अध्ययन, अनुसन्धान गर्ने,
  • सदस्यहरुलाई स्रोत सामग्रीको व्यवस्था मिलाई सोको वितरण गर्ने,
  • स्रोत केन्द्रको विकास तथा व्यवस्था गर्ने।


समितीमा रहनु भएक संविधानसभाका सदस्यहरु(36)