विधायन समिति


संविधानसभा (व्यवस्थापिका – संसदको कार्य सञ्चालन) नियमावली, २०६५ नियम १०८ र १०९ ले व्यवस्थापिका संसदको नियमित कार्यमा सहयोग पुर्‍याउन विधायन समितिको गठन गर्न सक्ने व्यवस्था गरेको छ। यस समितिको गठन गर्दा सदनमा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलहरुको प्रतिनिधित्व हुनेगरी समावेशी चरित्रका आधारमा समानुपातिक प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने व्यवस्था छ। नियमावलीको यस व्यवस्था वमोजिम व्यवस्थापिका संसद अन्तर्गत २०६५/८/३० गते पदेन सदस्य समेत गरी पचहत्तर (७५) सदस्यीय विधायन समितिको गठन गरिएको छ भने उक्त समिति २०६५/९/२६ र २०६५/१०/०६ गते पुनर्गठन भएको थियो। समितिको सभापतिमा मा.यशोदा गुरुङ्ग (सुवेदी) रहनु भएको छ भने माननीय कानून, न्याय तथा संविधानसभा व्यवस्था मन्त्री पदेन सदस्य रहनु भएको छ। व्यवस्थापिका संसदमा प्रस्तुत गरिएका विधेयकहरु उपर दफावार छलफल गरी सो सम्वन्धी प्रतिवेदन सभामा प्रस्तुत गर्नु विधायन समितिको प्रमुख कर्तव्य हो। विधायन समितिको कार्यकाल संविधानसभाको कार्यकालभर रहन्छ भने यसले नियमावलीमा लेखिए बमोजिम अन्य कार्यविधि आफै निर्धारण गर्न सक्छ।   
 



समितीमा रहनु भएक संविधानसभाका सदस्यहरु(74)