सुरक्षा विशेष समिति


संविधानसभा (व्यवस्थापिका – संसदको कार्य सञ्चालन) नियमावली, २०६५ नियम १०८ र ११६ ले व्यवस्थापिका संसद अन्तर्गत सुरक्षा विशेष समिति गठन गर्ने व्यवस्था गरेको छ। समितिमा सम्माननीय प्रधानमन्त्री, मा. रक्षामन्त्री, मा. गृहमन्त्री, सम्माननीय प्रधानमन्त्रीले तोकेका ३ जना मन्त्रीहरु तथा राज्य व्यवस्था समितिका सभापति समेत गरी ७ जना पदेन सदस्यको रुपमा रहने व्यवस्था गरिएको छ भने समितिमा पदेन सदस्यहरु समेत गरी व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सवै दलहरुको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा समानुपातिक प्रतिनिधित्व हुनेगरी वढीमा ८१ सदस्यीय समितिको गठन गर्नुपर्ने व्यवस्था रहेको छ। सो व्यवस्था वमोजिम व्यवस्थापिका संसद अन्तर्गत २०६५/८/३० गते उल्लिखित संख्यामा समितिको गठन भई २०६५/९/२६ र २०६५/१०/०६ गते पुनर्गठन समेत भएको थियो। नियमावलीको व्यवस्था वमोजिम सभामुख र उपसभामुख समितिको पदेन सभापति र उपसभापति रहनुभएको छ। नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४५ को उपधारा ५ वमोजिम प्राकृतिक विपद् परेको कारणले नेपाली सेना परिचालन भएकोमा वाहेक सेना परिचालन सम्वन्धी नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुमोदन गर्ने वारे छलफल गरी निर्णय गर्नु यस समितिको प्रमुख कार्य हो। यस प्रयोजनका लागि सेना परिचालन सम्वन्धी प्रस्ताव प्रधानमन्त्रीले समिति समक्ष प्रस्तुत गर्ने र सो प्रस्ताव माथिको छलफल र निर्णय सेना परिचालन भएको मितिले ३० दिनभित्र गरिसक्ने गरी समितिको अन्य कार्यविधि समिति आफैले निर्धारण गरे वमोजिम हुने व्यवस्था रहेको छ। समितिमा निर्णय गर्दा वहुमतको निर्णय नै समितिको निर्णय मानिने व्यवस्था छ भने सुरक्षा विशेष समितिको कार्यकाल संविधानसभाको कार्यकालभर रहन्छ। 



समितीमा रहनु भएक संविधानसभाका सदस्यहरु(74)